परिचय

बागमती प्रदेश (पहिले प्रदेश नं. ३) नेपालका सात प्रदेशहरू मध्ये एक हो। यस प्रदेशको राजधानी हेटौँडा हो भने देशको राजधानी काठमाडौँ समेत यस प्रदेशमा पर्दछ।यस प्रदेशले २०,३०० वर्ग किलोमिटरको क्षेत्रफल ओगटेको छ अर्थात् यसले नेपालको कुल क्षेत्रफल १४७,१८१ मध्ये १३.७९% क्षेत्रफल ओगटेको छ। प्रदेशको पूर्वमा कोशी प्रदेश र पश्चिममा गण्डकी प्रदेश पर्दछ भने उत्तरमा चीन र दक्षिणमा मधेश प्रदेशसँग यसले सीमाना साझेदारी गरेको छ। समुद्र सतहदेखि १४१ मिटरमा देखि ७,२२९ मिटर सम्म फैलिएको यस प्रदेशको तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो भने माथिल्लो बिन्दु लाङटाङ हिमाल हो। स्थानीय सरकार सञ्चालन ऐन२०७४ मा उल्लेखित तथ्य अनुसारधादिङदोलखारसुवासिन्धुपाल्चोक र रामेछाप गरि पाँचवटा हिमाली जिल्लानुवाकोट र काभ्रेपलाञ्चोक गरि दुईवटा पहाडी जिल्लाकाठमाडौँभक्तपुर र ललितपुर गरि तीनवटा उपत्यकाका जिल्ला र सिन्धुलीचितवन र मकवानपुर गरि तीनवटा भित्री मधेसका जिल्लाहरू यसमा पर्दछन्।

नेपाल सरकारको नापी विभागका अनुसार प्रदेश २६० डिग्री ५५ मिनेट उत्तरी अक्षांशदेखि २८० डिग्री २३मिनेट उत्तरी अक्षांशसम्म र ८३० डिग्री ५५मिनेट पूर्वी देशान्तरदेखि ८६० डिग्री ३४ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ। १३ जिल्लाहरू रहेका यस प्रदेशमा ७४ वटा गाउँपालिका४१ वटा नगरपालिका१ वटा उपमहानगरपालिका र ३ वटा महानगरपालिका रहेका छन्। भरतपुरललितपुर र काठमाडौँ महानगरपालिका हुन् भने प्रदेशको राजधानी हेटौँडा यस प्रदेशमा रहेको एकमात्र उपमहानगरपालिका हो। नेपालको कुल नगरपालिका र गाउँपालिकाको यसले १५.८०% भूभाग ओगटेको छ जसमा नेपालको राजधानी काठमाडौँ र नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन। नेपालको जनगणना २०७८ को अनुसार यस प्रदेशको जनसङ्ख्या ६,११६,८६६ रहेको छ। यहाँको हावापानीमा पनि विविधता भेटिन्छ।

साविकको प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिति २०७४ माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भौतिक पुर्वाधार विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री समेत गरी प्रारम्भमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भई फागुन १७ गते अन्य चार मन्त्रीहरू थप भई मुख्य मन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन भई वाग्मती प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको थियो।

बागमतीको नाम  काठमाडौँ उपत्यका हुँदै बग्ने बागमती नदीको नामबाट राखिएको हो। नदीलाई नेवार सभ्यता र सहरीकरणको स्रोत मानिन्छ। विनयपिटकमा नदीलाई नन्दबग्गा र वग्गुमुदा भनि उल्लेख गरिएको छ। यसलाई मज्झिम निकायको बत्थ सुत्तन्तमा बाहुमतिको रूपमा पनि उल्लेख गरिएको छ। नेपालको पहिलो अभिलेख संवत् ३९९ को एउटा शिलालेखमा नदीलाई वाग्वति पारप्रदेशे को रूपमा उल्लेख गरिएको छ भने पछि गोपालराजवंशावलीमा यसको वर्णन गरिएको छ।

वि.सं. २०७६ पुष २७ मा बसेको प्रदेश सभा बैठकले बागमतीलाई बहुमतले नामाकरण गर्ने प्रस्तावलाई समर्थन गरेको थियो। बैठकले हेटौँडालाई प्रादेशिक राजधानीको रूपमा पनि समर्थन गरेको थियो।

बागमती प्रदेशको क्षेत्रफल २०,३०० वर्ग किलोमिटर रहेको छ जुन नेपालको कुल क्षेत्रफलको १३.७९% रहेको छ। प्रदेशको सबैभन्दा तल्लो बिन्दु भनेको चितवनको गोलाघाट हो जुन समुद्र सतहबाट १४१ मिटर माथि रहेको छ। प्रदेशको सबैभन्दा उच्चतम विन्दु भनेको रसुवा जिल्लामा रहेको लाङटाङ हिमशृङ्खलामा अवस्थित लाङटाङ लिरुङ हो जुन समुद्र सतहबाट ७,२२९ मिटर माथि रहेको छ। यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू र ३३ वटा मुख्य नदीहरू रहेका छन्। यी मध्ये सबैभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई १६०.१९ किलोमिटर रहेको छ भने सबैभन्दा छोटो नदी लालबकैया रहेको छ जसको लम्बाई १.८९ किलोमिटर रहेको छ।यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५ हेक्टर) जमिन वनले र ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर) जमिन वन क्षेत्रले ओगटेको छ भने २४.३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको पाइन्छ। सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको पाइन्छ।

हाल यस प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेल प्रदेश सरकारको प्रमुख हुन् भने यादवचन्द्र शर्मा प्रदेश प्रमुख हुन्। पाटन उच्च अदालतका प्रमुख न्यायाधीश ठगिन्द्र कट्टेल  न्यापालिकाका प्रमुख हुन्। प्रदेश सभामा ११० सदस्य छन् भने प्रदेशमा ३३ प्रतिनिधिसभा ६६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।

नेपालको अन्य सबै प्रदेशजस्तै यसमा पनि एकसदनात्मक व्यवस्था रहेको छ।प्रदेश सभाको कार्यकाल पाँच वर्ष हुन्छ। प्रदेश सभा हाल हेटौँडा स्थित साविकको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ।

२०७८ को जनगणना अनुसार बाग्मती प्रदेशको जनसङ्ख्या ६,११६,८६६  रहेको छ जसमा ३०,,१८२ महिला र  ३०, ४८, ६८४ पुरुष रहेका छन्। यस प्रदेशको जनसङ्ख्याको नेपालको कुल जनसङ्ख्याको २०.९७% रहेको छ भने यस प्रदेश देशको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश समेत हो। यस प्रदेशको जन घनत्व प्रति वर्ग किलोमिटर ३०१ जना रहेको छ जुन देशकै दोस्रो सबैभन्दा उच्च हो।

जातीय समूहहरू : तामाङ यस प्रदेशको सबैभन्दा ठूलो जातीय समूह हो जहाँ तामाङहरूको सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २०.५४ हुन आउँछ। बाहुन अथवा ब्राह्मण १८.३२% जनसङ्ख्याको साथ प्रदेशको दोस्रो ठूलो जातीय समूह हो। यसका साथै यस प्रदेशका अन्य धेरै जनसङ्ख्या भएको जातिहरूमा क्षेत्री (१७.१३) र नेवार (१७.०७%) पर्दछन्। यसका साथै मगरविश्वकर्मागुरुङको जनसङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको क्रमशः ४.८७%२.५२% र २.२२% रहेको छ। थारूराईदमाईसार्की र चेपाङको जनसङ्ख्या क्रमश: प्रदेशको कुल जनसङ्ख्याको १.६३%१.५२%१.३६%१.३३% र १.१६% रहेको छ।

भाषाहरू : देशको राष्ट्रिय भाषा नेपाली सबैभन्दा प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा हो। प्रदेशको कुल जनसङ्ख्याको ६७.२३% मानिसहरू नेपाली मातृभाषी हुन्।तामाङ १८.४९% र नेपाल भाषा मातृभाषीहरूको जनसङ्खया क्रमशः १८.४९% र १२.४४% रहेको छ। प्रदेशमा बोलिने अन्य भाषाहरूमा मगर (१.८२%)थारू (१.३३%)मैथिली (१.१९%)गुरुङ (०.९३%) र चेपाङ (०.८५%) रहेको छ।

 धर्महरु : प्रदेशमा ७१.७८% मानिसहरू हिन्दु धर्मका अनुयायीहरू हुन् भने। दोस्रो ठूलो धर्ममा बुद्ध पर्दछ जहाँ यसकमाा अनुयायीहरू २३.२८% रहेका छन्। यस्तै अन्य धर्महरूमा ईसाई २.८७% र इस्लाम ०.६७% रहेको छ।

प्रकाशित मिति: 2021-06-25