अपडेट
माननीय सदस्यहरुको लागि संशोधनको सूचना  | बागमती प्रदेश सभा, २०७९ को दोश्रो अधिवेशनको बैठक आव्हान सम्बन्धी सूचना  | मसलन्द तथा कार्यालय सामान खरिद सम्बन्धी गोरखापत्र दैनिकमा मिति २०७९-०७-०६ मा प्रकाशित सूचना  | क्याटलग सपिङ्ग विधिबाट सवारी साधन खरिदको प्रस्ताव आव्हानको सूचना  | प्रदेश सभाको आठौं अधिवेशनको २२ औं बैठक  | प्रदेश सभाको बैठक बस्ने सम्बन्धमा ।  | प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक  | स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  |

उद्योग, पर्यटन तथा वातावरण समिति

समितिको परिचय :–

कार्यपालिकालाई व्यबस्थापिका प्रति उत्तरदायी र जवाफदेही बनाउन तथा कार्यपालिकाबाट भए गरेका हरेक काम कारबाहीको अध्ययन, अनुगमन र मुल्याङ्कनका साथै सरकारले समय समयमा जनाएका प्रतिबद्धताहरु कार्यान्वयनको लागि सरकारको निगरानी गरी आवश्यक निर्देशन तथा राय सुझाव दिन व्यबस्थापिकामा विभिन्न विषयगत समितिहरु गठन हुने प्रावधान रहेको छ। सोही अनुसार प्रदेश सरकार अन्तर्गत रहेको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय लाई प्रदेश सरकार प्रति बढी उत्तरदायी र जवाफदेही बनाउन प्रदेश मन्त्रालयबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङकन गरी आवश्यक निर्देशन एवम् राय सल्लाह समेत दिनका लागि प्रदेश सभामा उद्योग,पर्यटन, तथा वातावरण समिति गठन भएको छ।

यस समितिको कार्यक्षेत्र अन्तर्गत उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकायहरु रहेका छन।यिनै निकायहरुको स्रोत परिचालन व्यबस्थापन र अरु यस्तै विभिन्न कृयाकलापको मुल्याङकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन सहितको बार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने जिम्मेवारी यस समितिको रहेको छ।

गत वर्ष जस्तै कोरोना भाईरसका कारण आर्थिक तथा सामाजिक गतिबिधिहरु प्राय ठप्प छन्। उद्योग व्यबसाय तथा पर्यटन क्षेत्र आंशिक वा पूर्ण रुपमा बन्दनै रहेका छन जसले गर्दा उद्योग- व्यवसाय र पर्यटन क्षेत्रले गति लिन सकिरहेको छैन।तसर्थ कोरोनालाई नियन्त्रण गर्नको लागी प्रभावकारी कार्यक्रमहरु सन्चालन गर्न सक्ने हो भने उद्योग, पर्यटन क्षेत्रबाट समेत समृद्ध नेपाल निर्माणको अभियानमा टेवा पुग्ने देखिन्छ।

उद्योग तथा पर्यटन व्यवसायलाई जीविको पार्जनको माध्यम बनाउने तर वातावरण संरक्षणमा ध्यान नपुर्‍याउने हो भने दिगो विकासका लक्ष्य हासिल गर्न सकिदैन। विकास र वातावरणबिच समुचित सन्तुलन कायम गर्नका लागी विकाससंगै वातावरणीय प्रभाव र असरका बारेमा अध्ययन, अनुगमन र ठोस कार्य गर्ने व्यबस्था मिलाउनु पर्ने हुन्छ।हाल विश्‍वब्यापी कोरोना भाईरस र बन्दाबन्दीको कारण सबैभन्दा धेरै असर औद्योगिक क्षेत्रमा संलग्न मजदुरहरुलाई परेको  छ ।जसले गर्दा उनिहरुको गास, बास , कपासको उचित ब्यवस्थापन गर्नु चुनौतिपुर्ण बनेको छ।आम मानिसहरु रोगले भन्दापनि भोकले मर्ने अवस्था सिर्जना भएको छ।आजभन्दा भोलि परिस्थिति झनै जटिल र विकराल बन्दै गईरहेको छ।कोरोनाको दोस्रो भेरियन्ट र त्यसपछि आउने अर्को लहरको कोरोनालाई रोक्न हाल उपलब्ध भएका स्रोत साधनले भ्याउने अवस्था छैन भनेर चिकित्सकहरुले बारम्बार सचेत गराइरहेका छन्। यिनै कुराहरुलाई मध्यनजर गर्दै सरकारको तर्फबाट आजै देखी पुर्व तयारीमा लाग्न यथोचित ध्यान दिनुपर्ने देखिन्छ।

इमेल :udhyog@bagamati.gov.np

समिति

माननीय, सभापति
शिवराम वोहरा, समिति सचिव, ९८४५०२७९५४
समिति सदस्यहरु