प्रदेश मामिला समिति

समितिको कार्य क्षेत्र,  काम, कर्तव्य र अधिकारः

प्रदेश सभा नियमावली, २०७४ को नियम १४६ (१) बमोजिम समितिको कार्य क्षेत्र निम्न बमोजिम रहेको छ।

समितिको कार्यक्षेत्र भित्र बागमती प्रदेश सरकारका २ मन्त्रालयहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र उपभोक्ताको हितको सवाल रहेकोमा प्रदेश सभा नियमावलीको पहिलो संशोधनले उपभोक्ता हित सम्वन्धि कार्य हटाई महालेखा परिक्षकको कार्यालय र प्राकृतिक स्रोत तथा वित्त आयोग वाहेकका सवै संवैधानिक आयोगहरु समेत यस समितिको कार्यक्षेत्र अन्तर्गत रहेका छन् ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यक्षेत्रः

  • प्रदेश मन्त्रि परिषद् तथा मुख्यमन्त्रीको कार्यालय सम्वन्धी,
  • प्रदेश भित्रको शासन व्यवस्थाको सामान्य निर्देशन¸नियन्त्रण र सञ्चालन,
  • प्रदेश सरकारको कार्य विभाजन तथा कार्य सञ्चालन,
  • प्रदेश सरकारको नीति तर्जुमा, स्वीकृति, कार्यान्वय,अनुगमन र मूल्याङ्कन,
  • प्रदेश सरकारको कार्यसम्पादन नियमावली तर्जुमा र कार्यान्वयन,
  • प्रदेश मन्त्रालयहरुको कार्यको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन र नियन्त्रण,
  • प्रदेश मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन,
  • प्रदेश मन्त्रिपरिषदमा पेश हुने नियम आदेशको तर्जुमा, स्वीकृति तथा प्रमाणीकरण,
  • प्रदेश भित्रको राजनीतिक, आर्थिक, सामाजिक, शान्ति सुव्यवस्था एवं प्रशासनिक गतिविधिहरुको अद्यावधिक जानकारी र त्यसको सम्बोधन,
  • मानव अधिकार संरक्षण र प्रवर्द्धन,
  • सुशासन¸ भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधार,
  • संवैधानिक निकाय तथा आयोग, प्रदेश लोकसेवा आयोग र संघीय तथा प्रदेशिक आयोगसँगको सम्पर्क र समन्वय,
  • संघीय सरकारको स्वीकृति बमोजिम द्बिपक्षीय वा वहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमति कार्यान्वयन,
  • प्रदेश प्रमुखको सम्पर्क सम्वन्धी विषय (प्रतिवेदन समेत),
  • अन्तर प्रदेश परिषद् र संघ तथा अन्य प्रदेश र स्थानीय तहसँगको समन्वय र अन्तरसम्बन्ध,
  • प्रदेशस्तरका आयोग तथा निकायहरुको गठन एवम् सञ्चालन र पदाधिकारीहरुको नियुक्ति एवं सेवा¸ सुविधासम्वन्धि नीति तथा कानूनको तर्जुमा र कार्यान्वयन,
  • निर्वाचन कार्यमा सहयोग र समन्वय,
  • प्रदेशस्तरीय मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयन,
  • प्रदेश निजामती सेवा र अन्य प्रदेश सरकारी सेवा सञ्चालन नीति¸कानून तथा मापदण्ड तर्जुमा एवं कार्यान्वयन र अभिलेख व्यवस्थापन,
  • प्रदेशस्तरका सरकारी निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र व्यवस्थापन परीक्षण,
  • प्रदेशस्तरीय तालिम नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण तथा राष्ट्रिय र प्रदेशस्तरका तालिम केन्द्रसँगको सम्पर्क एवं समन्वय,
  • प्रदेश स्तरमा सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारण र सेवाग्राही सन्तुष्टि तथा सेवा प्रवाहको अनुगमन,
  • गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानून तर्जुमा ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यक्षेत्रः

  • प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्वन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य,
  • अति विशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा,
  • संघीय र प्रदेश सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय,
  • संघीय कानून बमोजिम प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन,
  • प्रदेश भित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रणतथा समन्वय,
  • कानून, न्याय तथा प्रदेश सभा मामिला सम्वन्धी,
  • प्रदेशसभामा पेश हुने विधेयक तर्जुमा र प्रमाणीकरण  सम्वन्धी,
  • अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग,
  • आधारभूत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा  तथा प्रबर्द्धन सहयोग,
  • प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको मानव अधिकारको संरक्षण र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी,
  • सामुदायिक प्रहरी,
  • प्रदेश भित्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन र यातायात क्षेत्रको सिन्डिकेट तथा कार्टेलिङ्ग नियन्त्रण,
  • प्रदेश भित्र न्यायिक र अर्ध न्यायिक निकायले गरेका फैसला कार्यान्वयन,
  • प्रदेशभित्रका गैर सरकारी संघ, संस्थाहरुको अभिलेख र समन्वय,
  • गुनासो र विवाद ब्यवस्थापन,
  • संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन,
  • फौजदारी कार्यविधि कानूनको कार्यान्वयन,
  • अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति,
  • निवारक नजरबन्द र स्थानहद सम्बन्धी,
  • अन्तरप्रदेश सुरक्षा सम्वन्ध,
  • सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीति तथा कानून तर्जुमा , कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान,
  • स्थानीय प्रशासन संचालन, ब्यवस्थापन र समन्वय,
  • पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति, कानून र मापदण्डको कार्यान्वयन र नियमन,
  • विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य,  प्रादेशिक विपद् कोष स्थापना र संचालन, स्थानीय विपद् कोषमा सहयोग,  विपद् तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान,  विपद् जोखिम क्षेत्र नक्शांकन र बस्ती स्थानान्तरण सम्बन्धी  प्रादेशिक नीति, कानून कार्यान्वयन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन,
  • उपाधि, सम्मान तथा विभूषणको सिफारिस,
  • प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आदिको व्यवस्थापन,
  • प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको स्थापना सम्वन्धी,
  • सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्ति सम्वन्धी,
  • प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन (रेडियो, एफ. एम. तथा टेलिभिजन समेत) सम्बन्धी नीति, कानून  र मापदण्ड तर्जुमा,  कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण,
  • प्रदेशस्तरमा तारयुक्त र तार रहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन,
  • प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्द्धन, सूचना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन,
  • प्रदेशभित्र टेलिसेन्टर संचालन, व्यवस्थापन र नियमन,
  • प्रदेश स्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नवीकरण, अनुगमन र नियमन,
  • साइवर सुरक्षा अनुगमन,
  • छापा सञ्चार माध्यमको दर्ता,  अनुमति,  आचार संहिता निर्धारण र अनुगमन,  अभिलेखाङ्कन,  बर्गीकरण,  सञ्चालन र नियमन,
  • प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण,
  • श्रमजीवी सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन,
  • प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी,
  • केबुल वितरणको इजाजत, नवीकरण र नियमन,
  • सूचनाको हक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा र कार्यान्वयन,
  • चलचित्र निर्माण, हल संचालन तथा प्रदर्शन अनुमति र नियमन,
  • प्रदेश सरकारले गर्नु पर्ने तर कुनै मन्त्रालयलार्इ नतोकिएको कार्य।

प्रदेश सभा नियमावली, २०७४ को नियम १५१ बमोजिम प्रदेश मामिला समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छः-

  • मन्त्रालय, विभाग र अन्तर्गतका निकायहरूको नीति तथा कार्यक्रम, स्रोतपरिचालन, व्यवस्थापन र अरू यस सँग सम्बन्धित क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,
  • मन्त्रालय, विभाग र अन्तर्गतका निकायहरूको राजस्व र व्यय सम्बन्धी अनुमानको जाँच गरी वार्षिक अनुमान तयार गर्ने तरिका, वार्षिक अनुमानमा निहीत नीतिको सट्टा अपनाउन सकिने वैकल्पिक नीति र वार्षिक अनुमानमा रहेको रकममा के कति किफायत गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने  र आफ्नो राय सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने,
  • मन्त्रिपरिषदका सदस्यहरूले प्रदेश सरकारको तर्फबाट बैठकमा समय–समयमा दिएका आश्वासनहरूलाई पूरा गर्न प्रदेश सरकारद्वारा के¬ कस्ता कदमहरू उठाइएका छन् सो सम्बन्धमा अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने,
  • विषयसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए, नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेश गर्ने,
  • प्रदेश सरकारद्वारा प्रचलित ऐन, नियम अनुरुप भए गरेका काम कारबाही बारे छलफलगरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने,
  • प्रदेश सरकारद्वारा समय समयमा गठन हुने छानबिन आयोग, समिति र जाँचबुझ आयोग, समितिहरूद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने,
  • मन्त्रालय, विभाग र अन्य निकायहरूबाट सम्पादन भएका कामको अनुगमन तथा मूल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिने,
  • बैठकले सुम्पेको अन्य काम गर्ने,
  • समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम सञ्चालन गर्ने,  र
  • तोकिए बमोजिम कार्य सम्पादन गर्दा सम्बन्धित मन्त्रालय तथा विभागका प्रतिनिधिहरू र आवश्यक परे तत् तत् विषयका विशेषज्ञहरू सँग समेत विचारको आदान प्रदान गर्ने।


समिति

माननीय, सभापति
श्री सुन्दर बास्कोटा, समिति सचिव, ९८४९६७७५५४
श्री विकास विकल, सहायक पाँचौं
श्री धिरज ढकाल, माईक अपरेटर
समिति सदस्यहरु