प्रदेश सभामा विषयगत समितिको जिम्मेवारीः
प्रदेश सभालाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी संसदीय समितिको रहने गर्दछ । प्रदेश सभामा प्रस्तुत भएका विधेयकहरुमा गहन छलफल हुने र तोकिएको मन्त्रालय, मन्त्रालय मातहतका निकायहरुले सम्पादन गर्ने कामको गहिरो अध्ययन, अनुगमन, निरीक्षण गर्ने र आवश्यकता अनुसार निर्देशन समेत दिनु विषयगत समितिहरुको जिम्मेवारी हो ।यसका साथै मन्त्रालय र मन्त्रालय मातहतका निकायहरुलाई गलत ढंगले हिड्न रोक्ने र प्राप्त जिम्मेवारी कानून संगत ढंगले निर्वाह गर्न सहयोग गर्ने साथै नागरिकहरु प्रति जवाफदेही ढंगले काम गर्न खबरदारी गर्ने महत्वपूर्ण जिम्मेवारी समेत विषयगत समितिहरुको हुनाले समितिहरुको क्रियाशिलताले प्रदेश सभाको प्रभावकारिता बढ्न जाने देखिन्छ।उद्योग, पर्यटन तथा वातावरण समितिको कार्यक्षेत्रको हिसावले हेर्दा समृद्धिसंग प्रत्यक्ष जोडिएका उद्योग, पर्यटन तथा वनजस्ता विषयहरु र मानव जीवनसंग प्रत्यक्ष जोडिएको वातावरण जस्तो महत्वपूर्ण विषयहरु यसका कार्यक्षेत्र भित्र पर्दछन्।
नेपालको संविधानको धारा १७५ अनुसार प्रदेश नं. तीनको प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभामा सम्वन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी वाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने ४४ जना गरी कूल ११० जना सदस्यहरु हुने व्यवस्था छ ...
बागमती प्रदेश, हेटौंडा, मकवानपुर
०५७-५२७५०५, ०५७-५२३६९२
info.assembly@bagamati.gov.np
state3assembly@gmail.com