अपडेट
प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा मिति २०८० भाद्र १८ गतेर दर्ता भएको व्यहोरा अनुरोध छ।  | मिति २०८० साल भाद्र १८ गते प्रदेश सभाको दोश्रो अधिवेशनको उन्नतिसौ बैठक बस्ने सूचना ।  | प्रदेश सभाको बैठक सम्बन्धी सूचना २०८०-०३-१३  | प्रदेश सभाको बैठक बस्ने सम्बन्धमा ।  | प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्‍चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०  | प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक  |

शिक्षा, स्वास्थ्य तथा कृषि समिति

समितिको कार्यक्षेत्र        

बागमती प्रदेशको, प्रदेश सभा नियमावली, २०७४ को नियम १४६ को उपनियम (१) बमोजिम प्रदेश सभामा ५ वटा विषयगत समितिहरु रहने प्रावधान बमोजिम शिक्षा, स्वास्थ्य तथा कृषि समिति गठन भएको छ । यस समितिको कार्य क्षेत्रभित्र सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् । यस समितिले आफ्नो कार्यक्षेत्र भित्र पर्ने मन्त्रालय र निकायसँग सम्बन्धित प्रत्यायोजित व्यवस्थापन, सरकारी आश्वासन, विधेयक उपर दफावार छलफल तथा समयसापेक्ष अन्य आवश्यक विषय र सरकारले गरेका काम कारवाहीको अध्ययन अनुगमन गरी सो सम्बन्धी प्रतिवेदन सभामा पेश गर्ने व्यवस्था गरिएको छ । मन्त्रालय, विभाग र अन्तर्गतका निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र यससँग सम्बन्धित क्रियाकलापहरुको मूल्यांकन सम्बन्धमा र सभावाट प्रत्यायोजित गरिएको प्रत्यायोजित व्यवस्थापन अधिकार अन्तर्गत बनेका नियमावली, निर्देशिका र कार्यविधि सम्वन्धमा, मन्त्रिपरिषदका सदस्यहरुले प्रदेश सरकारको तर्फबाट बैठकमा समय समयमा दिएका आश्वासनहरुलाई प्रदेश सरकारद्वारा पूरा भएको वा नभएको तथा सरकारको काम कारवाही सम्वन्धमा अध्ययन अनुगमन गरी तयार गरिएको प्रतिवेदनमा औल्याइएको विषयवस्तु सम्बन्धित निकायलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन, राय सल्लाह समेत दिन सक्ने व्यवस्था गरिएको छ ।

समिति

माननीय, सभापति
हरिप्रसाद अधिकारी, समिति सचिव
सरिता ढकाल घिमिरे, कम्प्यूटर अपरेटर
सुशान्त महत, माईक अपरेटर
समिति सदस्यहरुरु